घट्यो सुनचाँदीको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ५९ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ९५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १८ सय ७५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स