गहुँ नेपालमा छैन, भारतबाट ल्याउन पाइँदैन, तीन महिना चोरीचकारीको भर

काठमाडौं । नेपालमा उत्पादन हुने गहुँले माग धान्दैन । गहुँ आयात गर्ने र गरिदै आएको पनि भारतबाटै हो ।
विगतमा भारतले नेपाललाई अभावको समयमा पनि कोटा दिने गरेको थियो । तर यो वर्ष भारतले कोटा दिन मानेन ।

नेपाली व्यपारीले पनि सरकारले हामीलाई कोटा वितरण गरोस् त्यो देखाएर आफै भारतबाट गहुँ ल्याउँछु समेत भने । उद्योग मन्त्रालयले त्यसको प्रस्ताव समेत ठिक्क पार्यो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रीपरिषद्मा लान खाजेको प्रस्तावबारे पुन एक पटक सोचे र मन्त्रीपरिषद् बैठक लगेनन् ।

मन्त्री भण्डारीको भनाई थियो, ‘भारतले नै कोटा दिएको छैन, व्यपारीलाई चिट बाँडेर के गर्नु ।’ तयार पारिएको प्रस्ताव समेत रोकियो ।

अब नेपालीले खाने गहुँको उत्पादनहरु चोरी चकारीको भर हुने भएको  छ ।
व्यपारीले तेस्रो मलुकबाट आयात त गर्न पाउँछन् । अष्ट्रेलिया, युक्रेन जस्ता देशबाट नेपालमा विगतमा समेत केहि परिमाणमा गहुँ आउने गरेको नै हो ।

तर अहिले भारतबाट गहुँ ल्याउँदा र तेस्रो मुलुकबाट गहुँ ल्याउँदा प्रतिकेजी १५ रुपैयाँ सम्मको फरक पर्छ । जसकारण तेस्रो मुलुकबाट ल्याउने गहुँले नेपालमा प्रतिस्पर्धा नै गर्न सक्दैन ।

कसरी टर्छ त नेपालको माग ?

नेपाल साँच्चिकै अचम्मको देश बन्न पुगेको छ । नेपालमा वर्षौसम्म आयात प्रतिबन्ध लगाइएका वस्तु समेत सहज रुपमा पाउन सकिन्छ । एउटा उदाहरणको लागि केराउलाई हेर्न सकिन्छ ।

केराउ तेस्रो मुलकबाट आयात भएर भारत निकासी हुने गरेको भन्दै नेपालले प्रतिबन्ध लगाएको करिव ५ वर्ष पुग्दा पनि कुनै अभाव छैन । नेपालमा उत्पादन मागको ज्यादै न्यून छ तर बाह्रै महिना सहज रुपले पाउन सकिन्छ । त्यसको एउटै कारण हो हाम्रो खुल्ला सिमाना ।

अब गहुँको पनि करिव ३ महिना अवधी यहि मोडलमा नेपालको परिपूर्ति हुने निश्चित छ । भारतले गहुँ निर्यात दिएको छैन । तर भारतबाट नेपाली व्यपारीलाई गहुँ उपलब्ध गराईदिने विभिन्न तहका एजेन्डहरु भने प्रशस्तै छन् ।

भन्सार तिररे ल्याउँदा लाग्ने लागतमै ती एजेन्टले नेपाली उद्योगी व्यपारीको हातमा गहुँ ल्याइदिन्छन् । सोहि व्यवस्था अनुसार अबको तीन महिना नेपालमा परिपूर्ति हुने छ ।

नेपालमा ठूला मैदा उद्योगहरु छन् । तिनिहरुलाई धेरै परिमाणमा गहुँ पनि चाहिन्छ । उनीहरु चोरी चकारीको गहुँ प्रयोग गर्न चाहँदैनन् पनि । तर चोरी चकारीबाट ल्याउनेसँग उनीहरुले प्रतिस्पर्धा गर्न सक्दैनन् । त्यसकारणले गर्दा उनीहरु पनि बाध्य भएर त्यहि बाटो हिड्नुपरिरहेको छ ।

चैत १५ गतेसम्म नेपालमा नेपाली गहुँ बजारमा आउन सक्दैन । त्यो समयसम्म भारतबाट सिदै नेपाली व्यपारीको हातमा गहुँ ल्याइदिने ती एजेन्डहरु नै हुन् नेपालका मागपूर्ति कर्ता ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स