काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १७ सय ७० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १७ सय ९० रूपैयाँ कायम भएको छ ।