काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार २ सय रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ५१ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ४० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।