‘अनाधिकृत चिनी पैठारीले कृषकहरुले समयमा भुक्तानी पाएनन्’

काठमाडौं । नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले अनाधिकृत चिनी पैठारी हुँदा कृषकहरुले समयमा भुक्तानी नपाएको बताएका छन् । उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

उनले कार्यक्रममा अनाधिकृत चिनी पैठारीले किसानलाई भुक्तानी नहुने, बैंकहरुको साँवा व्याज तिर्न उद्योग समर्थ नहुने र आगामी क्रसिङ सिजनमा समयमा नै उद्योग संचालन हुन नसक्ने उल्लेख गरे ।

विगत क्रसिङ सिजन २०७४/७५ मा समेत विदेशबाट अत्यधिक मात्रामा निकासी हुदाँ स्वदेशी उद्योगको उत्पादन विक्री नभएको र कृषकहरुले समयमा भुक्तानी नपाएको स्मरण गराउँदै अध्यक्ष अग्रवालले अनाधिकृत चिनी पैठारी हुँदा शतप्रतिशत स्वदेशी कृषिजन्य उद्योगबाट उत्पादित चिनीको बिक्री वितरणमा प्रतिकुल असर पर्ने बताए ।

संघले अनियन्त्रीत चिनी पैठारीले स्वदेशी चिनी उद्योगहरु थप संकटग्रस्त हुने भन्दै यस्ता पैठारीलाई अविलम्ब रोक लगाउन सरकारलाई माग गरेको छ । गत क्रसिङ सिजनमा २ करोड ३८ हजार ७ सय ५५ क्वि उखु क्रसिङ गरिएको जानकारी दिदैं अग्रवालले गत क्रसिङ सिजनमा १ लाख ७८ हजार ७ सय १७ मेट्रिक टन चिनी उत्पादन भएको जानकारी दिए ।

चालु क्रसिङ सिजन २०८१/८२ मा २ लाख २० हजार मेट्रिक टन चिनी उत्पादन हुने संघले अनुमान गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स