अर्थमन्त्री पौडेलले गराए दाल उद्योगलाई सहज हुने गरि आर्थिक ऐन संशोधन, अग्रिम आयकर घट्यो

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक ऐन संशोधन गरेका छन् । सरकार ढल्ने चर्चा हुँदै गर्दा उनले हतार हतारमा आर्थिक ऐन संशोधन गराएका हुन् ।

मन्त्रीपरिषद्को बैठकले नै आर्थिक ऐन संशोधन गर्न पाउने व्यवस्था छ । जस अनुसार यहि मंसिर ६ गते बसेको मन्त्रीपरिषद्को बैठकले आर्थिक ऐन संशोधन गरेको हो ।

मन्त्री परिषदको बैठकले दाल बनाउने गेडागुडी आयात गर्दा लाग्ने अग्रिम आयकरको सीमा घटाएको हो ।
अर्थ मन्त्रालयले मन्त्रीपरिषदको बैठकमा आयकर ऐन २०५८को दफा ९५ क को उपदफा (७) को खण्ड (क) को व्यवस्था संशोधन गरेको हो ।

जसमा भन्सार दरबन्दीको भाग ७ अन्तर्गत पर्ने ०७.१३ मा पर्ने मालवस्तुहरुको अग्रिम आयकरको दर घटाइएको हो । सुख्खा कोसे वनस्पतीहरु नछोडाएको वा दलेको वा नदलेको लाग्ने अग्रिम आयकर दर १० प्रतिशत रहेकोमा २.५ प्रतिशत कायम गरिएको छ ।

आज बसेको मन्त्री परिषदको बैठकले दालहन गेडागुडीका साथै सुन तथा चाँदीको समेत भन्सार महसुल घटाएको छ । बैठकले सुन २० प्रतिशतबाट १० र चाँदीमा १५ प्रतिशतबाट १० प्रतिशतमा हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स