काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार रूपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ६४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।