बाल्ट्राको इन्डक्सन चुलो : विश्वास गरि किन्न सकिने स्थापित ‘ब्राण्ड’

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युत उत्पादन बढिरहेको छ । नेपालमा खपत हुन नसकेको विद्युत भारत समेत निर्यात भैरहेको छ । त्यति मात्रै हैन अब त बंगलादेश समेत निर्यात सुरु भएको हो ।

नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कलाई नै आधार मान्ने हो भने, चालू आर्थिक वर्षको पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ, असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत भारततर्फ निर्यात गरेको हो । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ ।

यसरी हेर्दा अब नेपालमा विद्युत अभाव छैन । सुख्खा समयमा केहि विद्युत आयात गर्नुपर्ने भए पनि आयात भन्दा निर्यात धेरै रहेको छ ।

अब नेपालमा चुनौती भनेको खपत बढाउनु नै हो । यस्तो अवस्थामा विद्युतको मूल्य बढ्ने संभावना समेत छैन ।
यो समग्र नेपालीको लागि अवसर समेत हो । दैनिक रुपमा हामीले विद्युतको उपयोग गरि खाना पकाउँदा निकै उपयोगी हुने देखिन्छ । सस्तो पर्ने कारण पछिल्लो समय यसको माग समेत बढ्दै गैरहेको पनि छ ।

तर समस्या छ, कुन किन्ने ? यसमा अलमल हुन स्वभाविक पनि छ । बजारमा धेरै इन्डक्सन चुलोको मूल्य फरक फरक छ । कति समय टिक्छ प्रयोग गर्दा समस्या हुन्छ वा हुँदैन ? त्यो थाहा नहुँदा अहिले धेरै नेपालीहरु दोधारमा पनि छन् ।
पछिल्लो समय विश्वसनिय रुपमा बजार लिदै आइरहेको प्रमुख ब्राण्ड हो, ‘बाल्ट्रा’ ।

इलोक्ट्रोनिक्स ब्राण्ड बाल्ट्राको उत्पादन नेपालमै भैरहेको छ । बारा जिल्लामा रहेको उद्योगले इन्डक्सन चुलो उत्पादन गर्दै आएको छ ।
नेपालमै उत्पादन भैरहेको र स्थापित उद्योगले उत्पादन गरिरहेको इन्डक्सन चुलो पछिल्लो समय लोकप्रिय समेत बनिरहेको छ ।

हुन त नेपाली बजारमा अहिले दर्जनौं कम्पनीका इन्डक्सन चुलो पाइन्छन् । तर ग्राहकलाई अहिले कुन राम्रो हो वा कुन नराम्रो हो त्यसको छुट्याउनु पर्दा सबैले अग्रभागमा राखेर नाम लिनुपर्ने ब्राण्डमा बाल्ट्रा नै रहेको छ ।
बाल्ट्राले पछिल्लो समय कम्बो सेट भनेर बजारमा ल्याएको छ । जसमा इन्टक्सन चुलोको साथमा ४ वटा उत्कृष्ट भाँडा पनि पाइन्छ ।

यसले चुलो किनेपछि भाँडा कहाँ किन्ने भन्ने दोधारलाई पनि मेटाएको छ । अहिले बाल्ट्राको २ हजार वाटको चुलोमा ५ लिटरको प्रेसर कुकर , कराई , ससपेन , फ्राई प्यान पाइन्छ ।
यो कम्बो सेटलाई अहिले बजारमा ९ हजार ५ सय रुपैयाँ मै पाइन्छ ।

यसलाई कुकर कराई र चुलो मात्रै लिन चाहनेको लागि ७ हजार ३ सय ५० मा समेत उपलब्ध गराएको छ ।
यो सेट अहिले साल्ट ट्रेडिङ कर्पोरशेनले बिक्रि सुरु गरेको छ । साल्ट ट्रेडिङको बिक्रि केन्द्र अर्थात् काठमाडौंको १० स्थानमा यो उपलब्ध हुनेछ ।

उपत्यका बाहिर समेत बिक्रि सुरु भएको छ । धनगढी , नेपालगंज, सुर्खेत, दाङ यी स्थानमा समेत पाइने भएको हो ।
बाल्ट्रको चुलो किन्दा आफैमा सस्तो र भरपर्दो त हुँदै भयो । अहिले एलपीजीबाट इन्टक्सनमा सिफ्ट हुँदा करिव ४० प्रतिशत लागत मै कम हुन्छ ।

राष्ट्रिय तथ्याङ्क विभागको अनुसार अहिले ६६ लाख ६० हजार परिवार नेपालमा छन् । जसमा ३२ हजार परिवार मात्रै विद्युतको उपयोग गर्दै आएको छन् । ३३ लाख ९८ हजारले दाउराको नै प्रयोग गर्दै आएका छन् भने २९ लाख ४९ हजारको घरमा एलपी ग्यासको प्रयोग हुँदै आइरहेको छ ।

त्यसका अलवा, गोबरको गुइठा, बागो ग्यास , केरोसिन र अन्य उर्जाको स्रोत प्रयोग गर्नेहरु पनि छन् ।
अब भने विद्युतको प्रयोग सस्तो हुँदा यता तर्फ सिफ्ट हुनेको संख्या बढ्ने अनुमान समेत छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स