काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा रचित ‘हृदयकी रानी’ भन्ने नयाँ म्युजिक भिडियो बजारमा आएको छ ।
रोजगारीका लागि विदेशीएका युवा र उसको घरपरिवारको पीडा समेटिएको उक्त म्युजिक भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र समीक्षा अधिकारीको स्वर रहेको छ ।
उक्त म्युजिक भिडियो कोमल ओलीले मदनकृष्ण श्रेष्ठसँग अभिनय गरेकी छिन् भने विमल अधिकारी र स्मारिका ढकालको पनि अभिनय रहेको छ । गीतमा कृति न्यौपानेको संगीत रहेको छ भने पुरुषोत्तम सुवेदीको एरेन्ज छ ।
कृष्णदेव रुपाखेतीले भिडियो निर्देशन गरेका छन् । भिडियोमा उत्सव दाहालको छायांकन, राहुल बराइलीको कोरियोग्राफी र विकास दाहालको सम्पादन छ ।
नेपालको ग्रामीण समाजको वास्तविक घटनालाई लिएर चित्रण गरिएकोे म्युजिक भिडियोमा साहुको ऋण तिर्नका लागि विदेशीएको श्रीमान्, उस्को परिवारलाई साहुले छिटो ऋण तिर दिएको दवाव र उनीहरूमाथि गरेको नराम्रो व्यवहारलगायतका विषय वस्तु समेटिएका छन् । ऋण तिर्नकै लागि विदेशमै बस्नु परेको मार्मिक विषय वस्तु यो म्युजिक भिडियोमा चित्रण गरिएको शिवाकोटीले बताए ।
‘यो म्युजिक भिडियोमा नेपालीको वास्तविक पीडा समेटिएको छ’ उलने भने देशमा रोजगारी नहुँदा विदेशिनु परेको बाध्यता, साहुले घरपरिवारलाई गरेको नराम्रो व्यवहार समेटिएको छ ।’
शिवाकोटीको साहुको नराम्रो व्यवहार सहन नसकेर छिटो घर फर्कन श्रीमतीले श्रीमतीलाई पोखेको पीडा र ऋण तिर्न सक्ने भएपछि घर फर्कने श्रीमान्ले गरेको प्रतिवद्धता म्युजिक भिडियोमा देख्न र सुन्न पाइन्छ ।
शिवाकोटीको अर्को नयाँ संस्करणको रुपमा उक्त म्युजिक भिडियो आएको हो । राष्ट्र बैंकमा ३० वर्ष काम गरेर सेवा निवृत्त भएका शिवाकोटीको यस अघि चर्चित बैंक खाता, समृद्धिका गीतहरू, हिमालबाट हिउँ पग्लि, काली, हाँगाबाट, आएर बस, समृद्ध नेपाल सुखी नेपाली, जिउँदै छु, आएन खबर, जुनी जुनीलगायतका भिडियो सार्वजनिक भइसकेका छन् ।