काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघले यहि वैशाख १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा हिमालयन हाइड्रो एक्स्पो गर्दैछ । हिमालयन एक्स्पोको इभेन्ट म्यानेजमेन्टको रुपमा रहेको इभेन्ट सोलुशनले तयारी पुरा भएको इभेन्ट म्यानेजमेन्ट प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने हाइड्रो एक्स्पोमा विभिन्न बिजनेश सेसनहरू रहेका छन् । ‘एक्स्पोमा विशेष गरि हाइड्रोसँग सम्बन्धित प्राविधिक सर्भिस सेसनहरूको परीक्षण गरिने छ,’ उनले भने ‘एक्स्पो भनेको जुन देशमा जे कुराको खाँचो हुन्छ, त्यस्तै किसिमका प्रडक्टहरूको एक्स्पो हुने हो । हामीसँग जलबिद्युतको अपार सम्भावना छ ।’
अहिल हुन लागेको हिमालयन हाइड्रो एक्स्पो चौथो संस्करण हो । ‘पहिलो हिमालयन हाइड्रो एक्स्पो २०१८ मा भएको थियो । पहिलो एक्स्पो हुँदा हामी लोडसेटिङमा थियौं’, उनले भने ‘अहिले देश लोडसेटिङ मुक्त भइसकेको छ । पहिलो एक्स्पोको समयमा ७०० मेगावाटमात्रै बिजुली उत्पादन थियो ।’
अहिले नेपालमा तीन हजार मेगावाट भन्दा बढि विद्युत उत्पादन भइसकेको अवस्था छ । त्यति बेला हामी बिजुली बचाउने अभियानमा थियौं । अहिले हामी बिजुली बढि भन्दा बढि कसरी खपत गर्ने भन्ने अभियानमा छौं । बिजुलीको बजार नेपाल, भारत, बंगलादेशमात्रै हो कि अन्य राष्ट्रहरूमा पनि छ भनेर हामीले अध्ययन पनि गरिरहेका छौं ।
अहिले १० हजार मेगावाट बिजुली इन्डियाले खरिद गर्ने भनेर कुराहरू आइरहेको छ । यसले गर्दा पनि यो हाइड्रो एक्स्पो महत्वपूर्ण छ । अर्को ग्रीन हाइड्रोजोनमा पनि पछिल्लो समय केही फड्को मारेको छ । काठमाडौं युनिर्भसिटिले ग्रीन हाइड्रोजोनको विकास गरिसकेको छ । यसपालिको एक्स्पोको मुख्य आकर्षणको ग्रीन हाइड्रोजोन बन्नेछ ।
त्यसैको शिलसिलामा हाइड्रो पावरको पनि एक्स्पो हुने गरेको हो । नेपाल करिब दुई लाख मेगावाट भन्दा बढि बिजुली उत्पादन गर्न सक्ने क्षमता भएको देशको रुपमा चिनिएको छ ।
छिमेकी मुलुकमा हाइड्रोको ठूलो बजार छ । एक्स्पोमा ‘बी टू बी’ का साथै विभिन्न चेतनामूलक कार्यक्रम हुनेछ भने १० वटा भन्दा बढि देशहरूको प्रत्यक्ष सहभाागी रहनेछ । विद्यार्थीहरूले पनि आफ्नो क्याम्पसमा सिकेका ज्ञानका कुराहरू एक्स्पोमा प्रत्यक्ष हेर्न र देख्न सक्ने छन् । साथै एक्स्पोमा विद्यार्थीहरूले आफूले सिकेको ज्ञान र सिपको प्रदर्शन समेत हुनेछ ।
नयाँ आईडीया र ग्रीन इनर्जीको उत्कृष्ट भिडियोलाई पुरस्कार
विद्यार्थीहरूले आफ्नो कला र ज्ञानलाई प्रदर्शनी गर्दा राम्रा आईडियाहरू आयो भने हामीले विद्यार्थीहरूको लागि पुरस्कारको व्यवस्था पनि गरेका छौं । प्रथम हुनेलाई ४४ हजार, दोस्रोलाई २२ हजार र तेस्रो हुने विद्यार्थीका लागि ११ हजार रुपैयाँ राशीको पुरस्कारको व्यवस्था पनि गरेका र्छौ ।
ग्रीन इनर्जीको अवधारणमा बनेको सर्ट भिडियो पुुरस्कारका लागि प्राथमिकतामा परेको छ । प्रतिस्पर्धाका भाग लिन आउनेले भिडियो आफू तयार गरेर आउनु पर्नेछ । सर्ट भिडियो प्रतिस्पर्धामा छनोट भएका विजेतालाई ४४ हजार दोस्रो भएकालाई २२ हजार र तेस्रो प्रतिस्प्रधीलाई ११ हजार रुपैयाँको व्यवस्था गरेका र्छौ ।
हाइड्रोपावर कम्पनीको सेयरमा जोडिएका मान्छेहरूलाई हाइड्रो कसरी बन्छ, के कस्ता काम हुन्छन्, हाइड्रोमा लगानी गर्न उचित छ कि छैन् जानकारी लिन सकिन्छ । यसमा एक सय भन्दा बढि स्टलहरू रहनेछ ।
एक्स्पोमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका लगानी गर्ने लगानीकर्ताहरूसँग छलफल गर्ने त्यो एउटा ठूलो मौका मिल्ने पनि उनले बताए । एक्स्पोमा विभिन्न सात वटा सेसन छन् । सात सेसनमा लगानी कसरी जुटाउनेदेखि बिद्युतको बजारीकरण, उत्पादनमा देखिएका चुनौतीसम्मका छलफल हुने तालिका तय भएको छ ।
पहिलो हाइड्रो एक्स्पो हुँदा नेपालमा बिजुली छैन बत्ति नभएको ठाउँमा हाइड्रो एक्स्पो किन गर्नुपर्यो भनेर हामीलाई धेरैले भनेको थिए । हामीले त्यो समयमा बत्ती नभएको कारणले गर्दा हाइड्रो बनाउनु पर्यो भनेर एक्स्पो गरेका हौं । अहिले हामी लोडसेडिङबाट मुक्त भएका र्छौ । अहिले हामीसँग तीन हजार मेगावाट बिजुली छ ।
दैनिक दुई हजार मेगावाट भन्दा कम विद्युत प्रयोग हुन्छ । त्यो अवस्थामा हामीले बिजुली प्रयोग गर्नुपर्यो भनिरहेका छौं । नेपालमात्र नभइ अन्तर्राष्ट्रिय बजारमा पनि इलेक्ट्रिसिटिको खपतलाई कसरी बढाउन सकिन्छ योजना बनाइरहेका छौं । त्यसैको लागि हामीले ईभी गाडीको पनि आयोजना गर्दैर्छौ । बिजुली बिना कुनैपनि कुराको संम्भव छैन् । एक्स्पोमा २ ओटा इन्स्योरेन्स कम्पनी आवद्ध हुनेछन् ।
अहिलेको हाम्रो मुख्य बजार भनेको बंगलदेश र इन्डिया नै हो । त्यसको लागि अस्ति भर्खर नै १० हजार मेगावाट निर्यात गर्ने र १५ हजार मेगावाट नेपाल आफैले प्रयोग गर्ने सहमती भइरहेको छ । त्यसको लागि अहिले ५० खर्ब बढिको पुँजी आवश्यक परिरहेको छ । २८ हजार पाँच सय विद्युत उत्पादन गर्नलाई ५० खर्बको आवश्यक पर्छ ।