काठमाडौ । नेपाल धितोपत्र बोर्डमा अख्यिार दुरुपयोग अनुसन्धान आयोग पुगेर कागजात लिई अनुसन्धान सुरु गरेको छ । बोर्डमा अख्तियार पसेपछि बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले भेटघाट सुरु गरेका छन् ।
बोर्ड र अध्यक्ष श्रेष्ठमाथि साधारण सेयर (आईपीओ) निष्कासन स्वीकृतिमा कमिशन माग गरेको आरोप छ । विशेष गरि ऊर्जा उत्पादक कम्पनीहरुसँग धेरै कमिशन माग गरिरहेको विषय उठेको थियो ।
संसदमा समेत यो विषय उठेपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो । बुधबार अख्तियारले केहि कागजात जपथ र विवरण भर्न लगाएपछि आज श्रेष्ठले ऊर्जा उत्पादकहरुसँग भेटघाट गरेका हुन् ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का पदाधिकारीहरसाग उनले आज भेटघाट गरेका हुन् ।
संघीय संसदको बैठकमा आईपीओ निष्कासन स्वीकृतिका लागि बिचौलियाको चलखेल बढेको, २५ प्रतिशतसम्म कमिसन मागेको आरोप लगाइएको थियो ।
भेटमा उनले केहि चलखेल सुरु भएको आफैले स्विकार गरेका छन् । केहिले आरोप लगाउनको लागि नै यस्तो कुरा फैलाएको र केहिले आफ्नोे सम्पर्कमै नआए पैसा चाहियो भन्ने गरेको विषय आफुले समेत जानाकारी दिएको उर्जा उत्पादकहरुसँग बताएका हुन् ।
संसदमा उठेको विषय २२ महिनायता करिब ८९ कम्पनीको ५६ अर्ब सात करोड रुपैयाँको आईपीओ अनुमति रोकेको, त्यसमा ४३ जलविद्युत कम्पनी रहेको र धितोपत्र बोर्डले कमिसन उठान विचौलिया प्रयोग गरेको भन्ने छ । तर यसलाई भने श्रेष्ठले अस्विकार गरेका छन् ।