३.८ अर्बमा तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन पहिलो पटक सार्वजनिक निजी लगानीमा निर्माण हुने

काठमाडौं । तमोर–ढुंगेसाँघु २२० केभी प्रसारणलाइनलाई सार्वजनिक निजी लगानीमार्फत निर्माण गर्ने भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले ३ अर्ब ८० करोड लागतमा प्रसारणलाइन निर्माण गर्ने सम्झौता भएको हो। प्रसारण लाइनमा नेपालमा पहिलो पटक यसरी लगानी हुन लागेको हो ।

कम्पनीले उत्पादकहरुको सहयोगमा ३२ किमि लम्बाइ र एक २२०/१३२ केभीको सब–स्टेसन कार्य क्षेत्रमा सो कार्य गर्न लागेको हो ।

निर्माण पूर्वका सबैजसो कार्यसम्पन्न गरिएको यस आयोजनाको प्रसारण अनुमति प्राप्तिको समेत अन्तिम चरणमा छ ।

हाल करिब ७० रोपनी जग्गा अधिग्रहण गरिसकिएको र सो सहितको अन्य खर्च पछि स्थापना गरिने कम्पनीमा पुँजीकृत गरिनेछ ।

उक्त प्रसारण लाइनमा ७४ प्रतिशत सेयर उत्पादक कम्पनी र २६ प्रतिशत सेयर ग्रिड कम्पनीको हुनेछ।

आयोजनाको मुख्य आय स्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको ह्विलिङ चार्ज अर्थात् विद्युतको भाडा तिर्नुपर्नेछ।

आयबाट ऋण चुक्ता र सञ्चालन खर्च कटाएर हुने नाफा/नोक्सान सेयर होल्डरले व्यहोर्ने अवधारणा रहेको यस आयोजना आफ्नै स्वतन्त्र कर्पोरेट मान्यताबाट परिचालन हुनेछ।

सरकारबाट सन् २०३० मा १३ हजार मेगावाट र २०३५ मा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र सो विद्युतलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत नीति लिएको छ।

प्रसारण प्रणालीका लागि सन् २०३० सम्म ६ खर्ब, २०३५ सम्ममा ७ खर्ब र २०४० सम्ममा ९.१ खर्ब पुँजी आवश्यक पर्ने मन्त्रालयको अध्ययनले देखाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स