बैदेशिक रोजगार : सामाजिक सुरक्षा कोषमा योगदानको लागि सहजीकरण गर्न रेमिट कम्पनीको खोजी हुँदै

काठमाडौं । सामाजिक सुरक्षा कोषले बैदेशिक रोजगारमा जानेहरुले गर्ने योगदानको लागि सहजीकरण गर्न रेमिट कम्पनी खोजि गरेको छ ।
सामाजिक सुरक्षा कोषमा हाल करिव १४ लाख जना वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकहरू आबद्ध रहेको र तिनीहरुको नियमत योगदानको लागि सहजिकरण गर्न रेमिट कम्पनी खोजि भएको कोषले जनाएको छ ।

कोषमा आबद्ध वैदेशिक रोजगारीमा रहेका योगदान कर्ताहरूले विदेशबाट सामाजिक सुरक्षा कोषमा सूचना प्रणालीको प्रयोग गरेर नियमित योगदान गर्न रेमिट कम्पनी ताथ बैंकको खोजि सुरु भएको हो ।
कुनै एक कम्पनीसँग सम्झौता गरेर काम अघि बढाउने कोषले जनाएको छ ।

नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त इच्छुक बैंक र रेमिट र पीएसओ तथा पीएसपी सेवा प्रदायकहरूले सम्झौता गर्न सक्ने जनाएको छ।
तर त्यसको लागि कोषले १३ वटा सर्त राखेको छ । ती विषयहरु बमोजिमको विवरण बुझाएमा योग्य देखिएको कम्पनीलाई छान्न सकिने कोषले जनाएको छ ।
केके हुन् ती बुँदा ?
१. नेपाल राष्ट्र बैकबाट प्राप्त इजाजत पत्र
२. विदेशबाट नेपालमा रकम भित्र्याउन के कति समयदेखि के( कस्तो गतिविधि गर्दै आएको र सो सम्बन्धी उपलब्ध सेवाहरूको विवरण।
३. के कति मुलुकमा सेवाको पहुँच भएको तथ्याङ्क ९रेमिट तथा भिसा र मास्टर कार्ड र युनियन पैका लागि, बैकको हकमा सम्पर्क कार्यालयरव्यक्तिको भए विवरण उपलब्ध गराउने०,
४. नेपालभित्र रहेका शाखा कार्यालयहरूको सञ्जालको तथ्याङ्क,
५. वैदेशिक रोजगारमा रहेका श्रमिकको खाताको तथ्याङ्क ९बैकका लागि मात्र०,
६. विदेशबाट श्रमिकले कोषमा योगदान रकम पठाउँदा लाग्ने सम्भावित खर्च र सोको न्यूनीकरणका लागि गर्न सकिने सम्भावित गतिविधिहरू,
७. कोषका योगदान कर्ताहरूका लागि सम्बन्धित सेवा प्रदायकले दिनसक्ने थप सुविधाहरू,
८. सेवा प्रवद्र्धनका लागि कोषसँग मिलेर गर्न सकिने प्रचार(प्रसारका कार्यक्रमहरू
९. देशभित्र र बाहिर कोषसँग मिलेर कोष सम्बन्धी गर्न सकिने योगदान कर्ता लक्षित साक्षरता कार्यक्रम
१०. नियामक निकायबाट कुनै किसिमको कारबाहीमा परे नपरेको विवरण,
११. पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण ्र
१२. सेवा प्रदायक निकाय कोषमा आवद्ध भएरनभएको यकिन गर्न निस्सा पेश गर्ने ।
१३. सूचना प्रणालीको पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन ्र

प्रतिक्रिया

हेडलाइन्स