काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अब अन्तिम चरणमा पुगेको छ । सिफारिस समितिको बैठक बसेर तीन जनाको नाम टुंग्याउने तयारी गरिएको हो ।
नाम टुंग्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच समेत छलफल भैसकेको बुझिएको छ ।
अर्थमन्त्रीले सोहि विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत छलफल गरेका गरिसकेका छन् ।
अर्थ मन्त्रालको स्रोत अनुसार बुधबार गभर्नर सिफारिस समितिको बैठक बस्ने तयारी गरिएको छ ।
स्रोतको भनाइ छ, ‘अर्थमन्त्रीले अवश्यक छलफल गरिसक्नुभएको छ । सायद अब बैठकको लागि दुई सदस्यहरुलाई बोलाएर छलफल गर्नुहुने छ ।’
गभर्नर सिफारिस समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र योजना आयोगको पूर्व उपाध्यक्ष विश्व पौडेल रहेका छन् । उनीहरुसँग जुनसुकै स्थानमा बुधबार बैठक बस्ने संभावना रहेको बताइन्छ ।
तर, अझैै पनि समस्या सिफारिस गर्ने तीन जनाकै नाममा रहेको छ । प्रधानमन्त्री र कांग्रेस सभापतिले चाहेको व्यक्तिहरु फरक रहेकोले त्यसको मध्यमार्गी धारबाट अर्थमन्त्री पौडेलले गभर्नर नियुक्तिको लागि सिफारिस गर्ने व्यक्तिहरु छान्ने मनसायमा छन् ।
त्यो व्यक्ति कांग्रेशका सभापति र प्रधानमन्त्री समेत सहमत हुनसक्ने खालको हुनुपर्छ भन्ने छ । राष्ट्र बैंकका डेपुटी गभर्नर दुई मध्ये एक जनाको नाम सिफारिस गर्नै पर्ने अवस्था छ भने दुई जना बाहिरबाट सिफारिस गर्दा पनि हुने छ ।
यस्तो अवस्थामा गभर्नर चाहि यहि नै हुने भनेर सिफरिस समितिले प्रधानमन्त्री र कांग्रेस सभापतिको चित्त बुझाउनुपर्ने छ । त्यो व्यक्ति अहिलेको अर्थतन्त्र देखिएको समस्या सल्टाउन सक्ने व्यक्ति हुनपर्ने माग बाहिरबाट पनि छ । बैंक तथा वित्तिय क्षेत्र र अर्थतन्त्रसँग सरोकार राख्ने व्यक्तिहरुले पनि निजी क्षेत्रको समस्या बुझ्ने र नेपाल राष्ट्र बैंकको नीति सुधार समेत गर्न सक्नेलाई खोजि गर्नुपर्ने बताइरहेका छन् ।
अर्थमन्त्री विष्णु पौडेल भहिरहँदा आफ्नै पालामा नै अर्थतन्त्रले लय समातेको भन्ने वातावरण देखाउनुपर्ने उनलाई पनि दवाव छ । यो हिसावमा निजी क्षेत्रको आत्मबल बढ्ने, राष्ट्र बैंकमा बसेर नीतिहरु सुधार गर्न सक्ने, निर्णय क्षमता भएको र प्रधानमन्त्री र कांग्रेस सभापति समेत राजि हुनसक्ने व्यक्ति अर्थमन्त्री खोज्नुपर्ने अवस्था छ ।
अर्थमन्त्री विष्णु पौडेलले पनि सोहि अनुसारको व्यक्ति छनोटमा छनौटको लागि अहिले राय समेत लिइरहेको बुझिन्छ ।
हुन त नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिमा लामो सयमदेखि खिचतानी भैरहेको छ । प्रक्रिया अल्झिदा कहिलै गभर्नर हुन्छु भनेर नसोचेकाहरुको नाम समेत चर्चामा ल्याइयो । त्यसले सरकारमा रहेकाहरु कै बदनाम भएको छ ।
बदनाम स्थितिलाई अझै धेरै समय रोकेर हैन रिजल्ट देखाउन सक्ने व्यक्तिको खोजि गर्नु अतिनै आवश्यक छ । अर्थतन्त्र सुधारको नीति राष्ट्र बैंकबाट आएपछि त्यसबाट नै सबैलाई जवाफ हुने वातावरण मिलाउन सरकारमा रहेकोहरुको दायित्व समेत थप भएको छ ।