काठमाडौं । सरकारले गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न कम्पनी स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त विषय उल्लेख गरिएको हो ।
नीति था कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने घोषणा गरे ।
पछिल्लो समय गैरबैंकिङ सम्पत्ति वृद्धि भैरहेको अवस्थामा नीति तथा कार्यक्रममै उक्त विषय राखिएको हो ।
कर्जा असुली नहुँदा बैंकले धितोमा राखिएको सम्पत्ति सकार्ने क्रम वृद्धि भैरहेको छ यस्तो अवस्थामा गत आर्थिक वषमै नेपाल राष्ट्र बैंकले केहि विषय बोलेको थियो ।
तर पनि कार्यन्वयनमा भने केहि काम पनि अघि बढेको छैन । अब भने नीति तथा कार्यक्रममै उक्र विषय राखिएको छ ।