काठमाडौं । नेपाल राष्ट्र बैंकको कामु गभर्नर जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाले पाएकी छन् ।
महाप्रसाद अधिकारीको कार्यकाल सकिएर बाहिरीएपछि उनीलाई कायममुकायको जिम्मेवारी दिइएको हो ।
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।