हरियो तरकारी निर्यात बढ्दो क्रममा, कुन देशमा कति गइरहेको छ ?

काठमाडौं । नेपालबाट हरियो तारकारी निर्यात निरन्तर वृद्धि भैरहेको पाइएको छ । भारत मात्रै नभई तेस्रो मुलुकमा समेत तरकारी निर्यात भैरहेको पाइएको हो ।

मौसमी तथा बेमौसमी दुबै प्रकारको तरकारी निर्यात भएरहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा अर्थात् आठ महिना अवधिमा नेपालले विभिन्न देशहरुमा निर्यात गरेको हरियो तरकारीमा सबैभन्दा धेरै बन्दाकोभी र काउली रहेको देखिन्छ । साथमा अन्य तकारी समेत निर्यात भैरहेको पाइएको हो ।

धेरै निर्यात हुनेमा सेतो तथा रातो बन्दा र काउली गरेर १० करोड ७७ लाख १३ हजार मूल्य बराबरको निर्यात भएको छ । जुन ६८ लाख ४६ हजार ५५ केजी परिमाणमा भारत निर्यात भएको हो ।

त्यस्तैगरी, टमाटर पनि नेपालले भारतलाई ३४ लाख १ हजार मुल्य बराबरको १ लाख ६० हजार ८ सय १६ केजी निर्यात गरेको छ ।

ब्रसेल्स स्प्राउट्स कतारमा ९ लाख ३१ हजार र युनाइटेड अरब दुबई लाई ५७ हजारको नेपालले निर्यात गरेको छ । दुबईमा ३९ हजारमा ४ सय केजी निर्यात भएको छ ।

कुरिलो कतारमा ४२ लाख ३१ हजार, दुबईमा ६ लाख ४१ हजार र बेलायतमा १ लाख १८ हजार मुल्य बराबरको निर्यात गरेको छ ।

च्याउ सबैभन्दा बढी भेयतनाम निर्यात गरेको छ । २७ लाख ५६ हजार मुल्य बराबरको ८ हजार ३ सय ६३ केजी निर्यात गरेको हो ।

अन्य ताजा तरकारी भारतमा ९६ लाख ८४ हजार मूल्य बराबरको ९ लाख ३५ हजार ३ सय ४५ पठाएको छ भने कुवेतमा ९ लाख ८१ हजार मूल्य बराबरको ५ हजार ५ सय मूल्य बराबरको निर्यात गरेको छ ।

कतारमा ५ लाख ५ हजार र दुबइमा ६ लाख ४ हजार मूल्य को ताजा तरकारी निर्यात भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स