काडमाडौं । स्थायी लेखा नम्बर लिनेको संख्या ६६ लाख ५९ हजार पुगेको छ । २०८१ माघसम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा कुल ४ लाख ३३ हजार ७ सय ३ करदाता थप भई भएको हो ।
यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बरको अनुपात क्रमशः ३० दशमलव २ प्रतिशत, ० दशमलव ५ प्रतिशत र ६९ दशमलव ३ प्रतिशत रहेको छ ।
यस अवधिसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ४१ हजार ७ सय १६ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २३ हजार १ सय ३२ पुगेको आन्तरिक राजस्व विभागले जनाएको छ ।