काठमाडौं । अर्थतन्त्रको सूचक गत वर्षको तुलनामा यो वर्ष केहि सुधार हुँदै छ । अर्थतन्त्रमा केहि निराश भाष्य कायम भएपनि गत वर्षको तुलनामा सुधार आएको देखिएको हो ।
कृषि उपज उत्पादन बढेको छ । विद्युत उत्पादन वृद्धि छ । पर्यटनको आगमन वृद्धि छ । साथै वस्तु निर्यात पनि वृद्धि भएको छ र वस्तु आयात पनि बढेको नै छ । यो हिसावमा उत्पादन र खपत समेत वृद्धि भएको नै देखिन्छ । त्यसका साथै लगानी समेत वृद्धि भएको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ६५ अर्ब ५६ करोड (५.२ प्रतिशत) ले बढेको छ । यो गत वर्षको यहि अवधीको तुलनामा बढेको आँकडा हो ।
त्यसका साथै पुँजीगत खर्चमा झिनो नै भएपनि सुधार आएको छ । राजस्व संकलन पनि सुधारोन्मुख छ ।
यसमा स्थापित उद्योगी तथा उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा पनि सहमत देखिन्छन् ।

उनी भन्छन्, ‘अर्थतन्त्र निराश अवस्था छैन, सुधारको लयमा छ,’ म त आशावादी छु, सापेक्षित रुपमा हामी पहिलेको लयमा जान नसके पनि सुधारै नभएको भने होइन । अबको एक डेढ वर्षमा हामी कोभिड अगाडीकै अवस्थामा फर्किन सक्ने अवस्था छ ।’
तर पनि केहि नीतिगत काम भने गर्नुपर्ने उनको भनाइ छ । अहिले केहि भाष्यहरु यसरी सिर्जिति हुँदै गैरहेका छन् की जसले नेपालमा केहि पनि गर्न सकिदैन भन्ने विषयहरु विकशित हुँदै गैरहेको देखिन्छ । युवाहरु अहिलेको राजनीतिक व्यक्तिहरुसँग सन्तुष्टि देखिदैनन् ।
उद्योग व्यवसाय गर्नेहरु पनि भविष्य छ भनेर ढुक्क भैरहेका छैनन् । यसले भने धेरै विषयहरुमा समस्या पारेको छ ।
विस्तार अर्थतन्त्रको नयाँ आयाम पलाइरहेको अवस्थामा राज्य संयन्त्र चलाउनेहरुले भैरहेको निराशालाई आशामा बदल्ने गरि नयाँ नीति नयाँ विषयहरु खोज्ने हो भने अर्थतन्त्रले पक्कै लय पकड्ने गोल्छा बताउँछन् ।
त्यसका साथै उनको बुझाइ सहकारी क्षेत्र बिग्रदा पनि समस्या आएको भन्ने छ । उनी भन्छन्, ‘सहकारी क्षेत्र अप्ठ्यारोमा पर्दा त्यसको असर अर्थतन्त्रमा देखिएको हो । सहकारीले अर्थतन्त्र चलायमान गराउन ठूलो भूमिका खेलेको छ । गाउँमा बस्ने सबै मानिसहरूको बैंकबाट लोन लिन सक्ने हैसियत पुग्दैन । यसै यस क्षेत्रले नै गरेको छ , त्यसलाई सच्याएर पहिले भन्दा राम्रो बनाउनु जरुरी रहेको छ ।’
सहकारीले नै यी सबैलाई सेवा दिइरहेको छ । घरजग्गा र सेयर बजारमा हुँदा अर्थतन्त्र चलायमान बनाउन ठूलो भुमिका खेलेको छ । सहकारीमा उसको पनि हिस्सा हुन्छ ।
नेपालको अर्को प्रमुख समस्या भनेको विदेशमा गएर धेरै मिहेनत गर्ने रहेको छ । नेपालमा श्रमशक्ति प्रयोग नभैरहेको र विदेशमा गएर आएकाले सफलता पाएको देखिन्छ । तर पनि यसबाट भने आत्तिनु नपर्ने गोल्छाको ठम्याइ छ ।
उनको आँकलनमा वर्षमा ८/९ लाख जनशक्ति विदेश गएपनि करिब ५ लाख त फर्किएका छन् । जनशक्ति विदेशीय पनि उनीहरूले राम्रो कल्चर पनि केहि नयाँ अभ्यास पनि सिकाएको छ ।
जसले देशलाई फइदा पनि भएको छ ।
समग्रतामा देशको अर्थतन्त्र कता लाने भन्ने विषय नेतृत्वकर्ताहरुले नै चयन गर्नुपर्ने र त्यसको कार्यान्वयन पनि उनीहरुले नै सुरु गर्नुपर्ने त तब मात्रै आशा जगाउने गरि अर्थतन्त्र माथि जाने देखिएको उनको भनाई छ ।