काठमाडौं । सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट परेको नेपालले दुई वर्षभित्र सात शर्त पुरा नगरे कालोसूचीमा पर्ने फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) ले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को शुक्रबार सम्पन्न प्लेनरी बैठकले नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो ।
‘एफएटीएफ’ को एक्सन प्लान अनुसार गर्नुपर्ने ७ वटा सुधारका काम
१. हुन्डी लगायत अवैध आर्थिक गतिविधि पहिचान र लक्षित वित्तीय प्रतिवन्ध बढाउने ।
२. वाणिज्य बैंकहरू, उच्च जोखिम भएका ठूला सहकारी संस्थाहरू, क्यासिनोहरू र रियल इस्टेटमा जोखिममा आधारित सुपरिवेक्षणमा वृद्धि गर्ने ।
३.सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय लगानीमा सुधार ल्याउने ।
४.सम्पत्ति शुद्धीकरण अनुसन्धानमा संलग्न निकायका क्षमता वृद्धि तथा समन्वयमा सुधार गर्ने ।
५. सम्पत्ति शुद्धीकरण अनुसन्धान र अभियोजनमा वृद्धि गर्ने ।
६.जोखिम प्रोफाइलबाट हुने अपराध र त्यसबाट हुने मुनाफा पहिचान, रोकथाम र जफत जस्था कारवाहीलाई बढाउने
७. आतंकवाद र जैविक हतियारमा वित्तीय लगानी गर्नेलाई लक्षित वित्तीय प्रतिबन्ध लगाउनेबारे प्राविधिक अनुपालनमा वृद्धि गर्ने ।