अर्थमन्त्री पौडेलको शरिरमा ५ प्रतिशत जलन, फोक्सोमा असरको अनुमान

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको शरिरमा ५ प्रतिशत जलन भएको कीर्तिपुर अस्पतालले जनाएको छ । अर्थमन्त्री पौडेलको शरिर ५देखि ६ प्रतिशत जलन भएपनि अनुहारमा भने कुनै असर नभएको अस्पतालद्वारा जारी विज्ञप्तीका उल्लेख गरिएको छ ।

अस्पतालले भनेको छ ‘उहाँको अनुहारमा जलन नभएपनि स्वासनली र फोक्सोमा असर परेको हुन सक्ने भन्दै उहाँलाई सघन कक्षमा उपचारार्थ भर्ना गरिको छ ।’

अर्थमन्त्री पौडेलसँगै पोखरा महानगरपालिका नगर प्रमुख धनराज आचार्य पनि उपचारको लाििग सोही अस्पतालको सघन कक्षमा भर्ना भएका छन् । जलन भएका दुबै जनालाई आज शनिबार दिउँसो ३.३० बजे अस्पतालमा भर्ना गरिएको हो ।

पोखरामा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा आज अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

प्रतिक्रिया

हेडलाइन्स