काठमाडौं । सरकारले अर्थ सचिव डा.रामप्रसाद घिमिरेलाई सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई सरुवा गर्दै राष्ट्रपति कार्यालय पठाएको हो ।
सचिव घिमिरेलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय ल्याएको भएपनि उनले पूर्व अर्थमन्त्री द्वय डा.प्रकाशशरण महत र वर्षमान पुनसँग पनि काम गरेका थिए ।
अर्थ मन्त्रालयमा नयाँ जिम्मेवारीको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्याय आएका छन् ।
२०७९ साल पुस महिनामा तत्कालिन राजस्व सचिव रामेश्वर दंगालको सरुवा गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट रामप्रसाद घिमिरे अर्थ मन्त्रालय आएका थिए ।
सचिव घिमिरेलाई सचिव पदमा बढुवा गर्नुको पहिलो शर्त नै नयाँ स्टक एक्सचेन्जको अनुमति दिने थियो । मन्त्रिपरिषदको पुस ५ गतेको निर्णय अनुसार धितोपत्र बोर्डलाई पत्र लेखेको १ महिना बित्न नपाउँदै रामप्रसाद घिमिरेको सरुवा भएको हो ।
आर्थिक ऐन २०८१ मा आयकर ऐन २०५८ को विभिन्न चलाए वापत उनले विवाद खेप्नु परेको थियो । उक्त दफा ५७ संशोधन विवादमा तानिएपछि उनी जेठ १४ गते दफा ५७ परिवर्तन गर्न सुझाव दिए । असार ३१ गते दफा ५७ परिवर्तन गलत थियो भन्दै संशोधन गर्न प्रतिनिधि सभा पुगेका थिए ।