संघीय सरकारको ढुकुटी २ खर्ब २८ अर्ब भन्दा बढीले घाटामा

काठमाडौं । संघीय सरकारको ढुकुटी घाटामा देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार संघीय सरकारको ढुकुटी २ खर्ब २८ अर्ब भन्दा बढीले घाटामा देखिएको हो ।

गत आर्थिक वर्ष १२ खर्ब ८४ अर्ब ६७ करोड ६३ लाख रुपैयाँ कुल प्राप्ति भएकामा १३ खर्ब ४६ अर्ब २१ करोड १२ लाख रुपैयाँ भुक्तानी भएको देखिन्छ ।

विनिमय दर वा अन्य समायोजन १४ अर्ब ४४ करोड ५६ लाख रुपैयाँ भएकाले आर्थिक वर्षको सुरूको मौज्दात समेतको समायोजनबाट वर्षको अन्त्यमा संघीय सञ्चित कोष २ खर्ब २८ अर्ब ३५ करोड ७६ लाखले ऋणात्मक रहेको देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९।८० को अन्त्यमा संघीय सञ्चित कोष १ खर्ब ८१ अर्ब २६ करोड ७३ लाख रुपैयाँले ऋणात्मक थियो । ढुकुटी घाटाको अवस्था निरन्तर बढिरहेको देखिन्छ ।

प्रदेश सञ्चित कोष ५० अर्ब ९० करोड ९८ लाख र स्थानीय सञ्चित कोष ६० अर्ब ५० करोड ८० लाखले धनात्मक देखिएका छन् । प्रदेश र स्थानीय तहको सञ्चित कोष पनि अघिल्लो वर्षको तुलनामा भने घटेको देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स