काठमाडौं । निर्माण व्यवसायीहरुले आन्दोलनको तयारी सुरु गरेका छन् । निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नपाएको विषयलाई लिएर आन्दोलनको तयारी गरेका हुन् ।
आन्दोलनको कार्यक्रम शनिबार तय हुने भएको छ । उक्र दिन राष्ट्रिय भेला को मिति तय भैसकको छ । राष्ट्रिय भेलालले आन्दोलनको विषयहरु टुंग्याउने रत्यसपछि आन्दोलन सुरु गर्ने नेपाल निर्माण व्यवसायी महासंघले जनाकारी गराएको छ ।
निर्माण व्यवसायीहरूले निर्माण कार्य सम्पन्न गरे बापत लामो समयदेखि आयोजनाहरूको भुक्तानी नपाएको, सिमेन्ट सहितका निर्माण सामग्रीमा कार्टेलिङ तथा कालोबजारी गरी भइरहेको विषयलाई आन्दोलनमा पूस्तुत गरिने महासंघले बताएको हो ।
अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थपको समस्या, राष्ट्र बैंकबाट निर्माण उद्योगले पाएको सहुलियत खारेजी लगायतका विषयमा समेत विरोध हुने भएको हो ।
आन्दोलन तथा विरोध कार्यक्रम सम्बन्धित सरकारी निकायहरूलाई केन्द्रित हुने छ । त्यसको लागि जिल्लाका व्यवसायीहरुलाई बोलावट भैसकको बताइएको छ ।
शनिवार राष्ट्रिय भेला नै आयोजना गर्ने र दबाबमूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छलफल गरी निष्कर्षमा पुग्ने ताइएको छ ।
आन्दोलनका आगामी कार्यक्रमहरू तय गर्न महासंघका मानार्थ सदस्यहरू, पूर्व मानार्थ सदस्यहरू, सल्लाहकारहरू, पूर्व सल्लाहाकारहरू, पदाधिकारीहरू, पूर्वपदाधिकारीहरू, कार्य समिति सदस्यहरू, पूर्व कार्य समिति सदस्यहरू, आमन्त्रित सदस्यहरू, पूर्व आमन्त्रित सदस्यहरू सहित बागमती प्रदेश, काठमाडौँ, भक्तपुर, ललितपुर जिल्ला संघहरूको हकमा अध्यक्ष लगायतका पदाधिकारीहरू र कार्य समिति सदस्यहरू तथा अन्य प्रदेश महासंघ र जिल्ला संघबाट अध्यक्ष सहित कम्तीमा ३ जना र बढीमा ५ जना तथा सम्पूर्ण एसोसिएट सदस्यहरू र वस्तुगत संघका अध्यक्ष र महासचिव सहभागी हुन सूचना जारी भएको हो ।