काठमाडौं । पुस मसान्तसम्म कर विवरण बुझाउन कर कार्यालयले तोकेता गरेको छ । अन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न भनेको हो ।
ठूला करदाता कार्यालय, मध्यमस्तरीय कर कार्यालय र कर कार्यालय जहाँ दर्ता भएको हो सो स्थानमा सम्पर्क गर्न तोकेता गरेको हो ।
आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आर्थिक वर्ष २०८१।८२ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने कर दाताहरूले दफा ९५ बमोजिम आर्थिक वर्ष २०८१।८२ को कारोबारको अनुमानित करको विवरण पेश गर्न विभागले सूचना जारी गरेको हो ।
साथै सो विवरण अनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्ता बापतको ४० प्रतिशतले हुने रकम २०८१ पौष मसान्तभित्रै दाखिला गर्न भनेको छ ।
ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित कर दाता सेवा कार्यालयमा दाखिला गर्न विभागले भनेको हो ।