कोरोना पछि बल्ल चीनले सीमावर्ती बजारमा नेपालीलाई सहजीकरण गर्दै

काठमाडौं । चीनले कोरोना पछि नेपालीलाई सीमावर्ती क्षेत्रमा सहजीकरण गर्न आनाकानी गर्दै आएकोमा अब भने सहजीकरण गर्ने भएको छ । नेपालमा भएको छलफलमा वस्तु आयत गर्ने र सीमावर्ती क्षेत्रमा बसोबास गर्नेलाई सहजीकरण गर्ने बताएको हो ।

वस्तु आयत गर्ने चालक तथा सहचाल र सीमावर्ती स्थानमा बसोबास गर्नेलाई सहजीकरण गर्न चीन सहमत भएको हो ।
सीमावर्ती स्थानका बासिन्दाको चीन प्रवेश पासलाई एकरुपमाता कायम गर्ने र खुल्ला गर्ने बताइएको छ ।
नेपाल चीन कोडिनेशन मेकानिजम अन बोर्डर ट्रेड एण्ड कोअप्रेशनको बैठक बसेको थियो । उक्त बैठकमा नेपालाई सहजीकरण गर्ने सहमति भएको हो ।

बैठकमा नेपालको तर्फबाट ऊर्जा, पर्यटन र कृषिमा आधारित उद्योगहरुमा ढुक्क भएर लगानी गर्नको लागि चिनिया पक्षलाई अनुरोध गरिएको थियो । सो सन्दर्भमा चिनियाँ पक्षबाट आफ्ना लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिरहेको जानकारी गराउदै नेपाल र चीनबिचको व्यापारका सम्भावनाहरुलाई बढाउन दुई देशबिच विद्यमान संयन्त्रहरुलाई थप क्रियाशिल गराउनुपर्ने कुरामा जोड दिइएको थियो ।

यस अवसरमा सीमा बाहेक अन्य जिल्लाका सवारी चालक तथा सहयोगीहरुलाई चीनका सीमावर्ती बजारहरुमा आवतजावत गर्न सहजीकरण गर्ने, सीमावर्ती जिल्लाका नागरिकहरुलाई नजिकको चिनियाँ बजारमा प्रवेश गर्ने पासलाई एकरुपता कायम गर्ने, चीनको अनुदानमा निर्माण हुने आयोजनाहरुलाई प्रभावकारी बनाउन समयमै आयोजना छनोट गरी चिनिया पक्षलाई उपलब्ध गराउने जस्ता विषयमा छलफल तथा सहमति भएको थियो ।

साथै सवारी साधनको सीमापार आवतजावत गर्ने तथा नेपालबाट कृषिजन्य उत्पादन चीनमा निकासी बढाउने र दुई देशबिचको व्यापार असन्तुलन कम गर्न थप कार्यहरु गर्ने विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स