सांसद विनोद चौधरीको पहलमा सरावलमा बन्ने भयो अस्पताल

नवलपरासी । संघीय सांसद विनोद चौधरीको पहलमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १५ शैयाको अस्पताल निमार्ण हुने भएको छ ।

सांसद चौधरीको निरन्तरको पहल र समन्वयपछि अर्थमन्त्रालयले अस्पताल निर्माणका लागि बजेट सुनिश्चित गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरावल गाउँपालिकासहित देशका विभिन्न पालिकामा ३९६ आधारभूत अस्पताल तथा स्तरोन्नतिका लागि ५१ अर्ब ८४ करोड ५५ लाख ८९ हजार बजेट सुनिश्चिता भएको जनाएको छ ।

सांसद चौधरीले सरावलमा अस्पताल निर्माणका लागि जग्गा प्राप्तदेखि बजेटको सुनिश्चिता गराउने कार्यमा सरोकारवाला निकायमा पहल गर्दै आएका थिए । उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भेटेर अस्पताल निर्माणका लागि पटकपटक ध्यानाकर्षण गराएका थिए ।

सरावल ५ मा निर्माण हुने आधारभुत अस्पतालले ग्रामिण भेगका स्थानीयलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने विश्वास सांसद चौधरीको छ ।

सांसद चौधरीले निर्वाचनकै बेला सरावलमा अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए । सरावल पालिकामा पहिला नै अस्पतालको योजना परेपनि जग्गा प्राप्तिको विवाद भएकाले बजेट रोकिएको थियो ।

अस्पताल निर्माण नै अलपत्र अवस्थामा थियो । सांसद चौधरी निर्वाचित भएपछि जग्गा प्राप्तिदेखि बजेट सुनिश्चितासम्म पहल गरेका हुन् । अस्पताल निर्माण स्थल वडा नं ५ का वडाध्यक्ष लक्ष्मणप्रसाद चौधरीले भने, अघिल्लो पटक तालको जग्गामा अस्पताल बनाउन खोज्दा विवाद भयो । त्यसपछि अस्पताल निर्माण प्रक्रिया अगाडि बढेन । अहिले माननीयज्यूसहित सबैको पहलमा दुई बिघा जग्गा स्थानीयले दान दिए । गाउँमै अस्पताल बन्छ, राम्रो हुन्छ भनेर हामीले जग्गा दिएर अस्पताल बन्ने भएको छ । उनका अनुसार तिहारपछि अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स