केही मिडिया संस्थाहरूले पित पत्रकारिताको प्रदर्शन गरेको भन्दै चौधरी ग्रुपको भर्त्सना

काठमाडौं । केही कार्यक्रम तथा अवार्डहरूले चौधरी ग्रुप (सीजी) को समर्थन रहेको भनी गलत दाबी गरिरहेको विषयमा ध्यान आकर्षित गरिएको छ । चौधरी ग्रुपले एक विज्ञप्ती नै जारी गरेर ती गतिविधिहरू वा तिनका आयोजकहरूसँग हाम्रो कुनै सम्बन्ध वा सहकार्य नरहेको जनाकारी गराएको हो ।

एक जिम्मेवार व्यावसायिक संस्थाका रूपमा चौधरी ग्रुप सधैं नैतिक मूल्य, व्यावसायिक अभ्यास र पारदर्शिताको पक्षमा रहेको समेत बताएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘ हाम्रो नामको कुनै पनि गलत प्रस्तुतीकरण व्यक्तिगत वा संगठनात्मक लाभका लागि गरिएको भए त्यसको हामी कडा भत्र्सना गर्छाैं । यस्ता दुरुपयोग रोक्न कानुनी प्रक्रिया अगाडि बढाइएको छ र भविष्यमा यस्ता कुनै पनि अनधिकृत दाबीहरूले कानुनी कारबाही भोग्नुपर्नेछ ।’

त्यसैगरी, केही मिडिया संस्थाहरूले पित पत्रकारिता प्रदर्शन गर्दै गलत सूचना तथा भ्रामक समाचार फैलाइरहेका घटनाप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता अनैतिक अभ्यासहरूले आम नागरिकको विश्वास कमजोर बनाउने र जिम्मेवार पत्रकारिताको विश्वसनीयता खल्बल्याउने काम गर्छन् । गलत स्टोरी, विकृत तथ्य र आधारहीन अफवाहहरूको जिम्मेवार समाजमा कुनै स्थान हुन नसक्ने समेत बताएको हो ।

चौधरी ग्रुपको निष्ठा जोगाउन र मर्यादित पत्रकारिता कायम होस् भन्नका लागि हामी यस्ता झुटा प्रचारविरुद्ध कानुनी कारबाही अघि बढाउँदै जाने समेत बताइएको हो । चौधरी गु्रप नैतिक व्यवसायप्रति दृढ प्रतिबद्ध छ र यसको प्रतिष्ठामा आँच आउने कुनै पनि गतिविधि कदापि स्वीकार्य नहुने बताइएको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स