इजरायलले लेबनानमा तैनाथ शान्ति सेनालाई हटाउन आह्वान गर्दा, इयुले गर्यो आक्रमणलाई अस्विकार

काठमाडौं । इजरायलले लेबनानमा तैनाथ शान्तिसेनालाई खतराको बाटोबाट हटाउन आह्वान गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई हिजबुल्लाहले शान्ति सैनिकलाई ‘मानव ढालको’ रूपमा प्रयोग गरेको र खतराको बाटोबाट हटाउन आह्वान गरेका छन् ।
युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाई  भने‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गरेका छन् ।
इ‘युका २७ सदस्यहरू युएनआईएफआइएल ९युनिफिल० माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन् ।’ बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भने ‘संयुक्त राष्ट्रसङ्घका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य छ ।’
हालैका दिनहरूमा इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् ।
इजरायलको सन् १९७८ को लेबनान आक्रमणपछि स्थापना गरिएको विभिन्न राष्ट्रियताका करिब नौ हजार पाँच सय सैनिकहरूको मिसन युनिफिलले इजरायली सेनालाई आफ्ना ठाउँहरूमा ‘जानीजानी’ आक्रमण गरेको आरोप लगाएको छ ।
‘धेरै युरोपेली सदस्य यस मिसनमा सहभागी छन्’ । बोरेलले भने ‘उनीहरूको काम धेरै महत्त्वपूर्ण छ ।’
युनिफिलले आफ्ना स्थानहरू छाड्न अस्वीकार गरेको छ ।

प्रतिक्रिया

हेडलाइन्स