एजेन्सी । भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । अमेरिकी मध्यस्थतामा भएको रातभरको वार्तापछि दुवै देशका सैन्य अधिकारीहरूले यो सहमति गरेका बताइएको छ ।
भारतका विदेश सचिव विक्रम मिश्रीले शनिबार साँझसम्मेलनमा यो युद्धविरामको पुष्टि गरेका हुन् । पाकिस्तानको सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ) ले भारतको डीजीएमओसँग फोनमा कुराकानी गरेको बताइएको छ ।
दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा सबै गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति गरेका हुन् । यो सहमति आज साँझ ५ बजेदेखि लागू भैसकेको छ ।
पाकिस्तानका विदेशमन्त्री इशाक डारले पनि सामाजिक सञ्जाल एक्समा युद्धविरामको पुष्टि गरेका छन् ।
यो युद्धविरामको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल उल्लेख गरेका छन् । उनले लामो रातको वार्तापछि, मलाई यो घोषणा गर्न खुशी लागेको छ कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् ।