काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढा निलकण्ठमा बैठक बसेको हो ।
बैठकमा प्रमुख एजेण्डाको रुपमा नेपाल राष्ट्र बैंकको गभर्नरलाई लिइएको छ । लामो समयदेखि राष्ट्र बैंकको गभर्नर नियुक्त हुन सकेको छैन । त्यसमा विविध करणहरु जोडिदै आएका छन् । अदालतमा परेका उजुरी, व्यक्तिमा हुन नसककेको सहमति र गभर्नर नियुक्तको प्रक्रियाहरु जोडिएको छ ।
बिहीबारको मन्त्रीपरिषद बैठकले गभर्नर नियुक्त गर्ने भनिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक समस्या रहेको विषय कांग्रेस सभापति देउवालाई ब्रिफिङ गरेका थिए ।
बिहिबार बालुवाटरमा भएको बैठकमा नेपाली कांग्रेसले गुणाकर भट्टलाई गभर्नर बनाउन चाहेको तर उनको नाममा प्राविधिक समस्या रहेको बताएका थिए ।
गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै गएपछि सभापति देउवाले पार्टी भित्रबाट सहमति लिन खोजेका छन् । जुन विषयमा पदाधिकारी बैठकमा छलफल भएको छ ।