२०७८ सालमा जस्तै नुनको कारोबारमा चलखेल तयारी, कांग्रेसले गरायो अग्रिम सचेत

काठमाडौं । नुनको कारोबारमा चलखेल हुन लागेको भन्दै नेपाली कांग्रेसले सचेत गराएको छ । चालू आर्थिक वर्षको बजेट माफर्त निजी क्षेत्रलाई नुनको कारोबार दिने छलफल भएको चाल पाएको नेपाली कांगेसले सचेत गराएको हो ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले एक विज्ञप्ति जारी गर्दै नुनको कारोबारमा चलखेल गर्ने तयारी भएको भन्दै ध्यानाकर्षण गराएको छ ।

कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभाग प्रमुख समेत रहेका केन्द्रिय सदस्य गुरु बरालले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ सरकारले नुनको कारोबार र आपूर्ति व्यवस्थामा निकै ध्यान संयम हुनपर्ने देखिएको छ । अहिलेको व्यवस्थालाई नै कायम गर्नुपर्ने समेत देखिन्छ । आम नेपालीलाई सर्वसुलभमा नुन आपूर्ति सरकारले नै गरिरहेको अवस्थामा व्यापारीलाई नुनको कारोबार दिदा स्वास्थ्य र मूल्यमा खेलवाड हुनेछ ।’

विज्ञप्तीमा स्वास्थ्य र आर्थिक रुपमा समेत अहित हुने सम्भावनालाई ध्यानमा राखी नुनको आपूर्ति व्यवस्था अहिलेकै अवस्थामा राख्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।

आर्थिक वर्ष २०७८।७९ सालको बजेटमा पनि नुनको कारोबार खुल्ला गर्ने विषय समावेश भएको थियो । जुन विषयको निकै ठूलो विरोध भएको थियो ।

नेपाली कांग्रेस, नेकपा माओवादी, अहिलेको नेकपा एस, जसमा , जनमोर्चा लगायतका पार्टी अध्यक्षहरुले संयुक्त विज्ञप्ती नै जारी गरि विरोध जनाएका थिए ।

यो विरोध पछि यस विषय उठेको नै थिएन । तर अहिले पुनः चलखेल सुरु भएको छ । सरकारको समेत लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बिक्रि वितरण गरिरहेको र देशभर कुनै समस्या समेत नदेखिएको अवस्थामा चलखेल हुनुले आफैमा संका उत्पन्न भएको छ । यस विषय बुझेको नेपाली कांग्रेसले अग्रिम ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया

हेडलाइन्स