साँझ ५ बजे बस्दैछ मन्त्रीपरिषद् बैठक, कसरी होला गभर्नर नियुक्ति ?

काठमाडौं । आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आब्हान गरेका छन् ।

आजको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ । लामो समयदेखि रोकिएको गभर्नर नियुक्ति आज गर्नेे वचनवद्धता प्रधानमन्त्रीले गरेका छन् । त्यसकारणले गर्दा गभर्नर नियुक्तिको विषयमा धेरैको चासो थपिएको हो ।

हुन त गभर्नर नियुक्तिको लागि सिफारिस समितिले तीन जनाको नाम अहिलेसम्म टुंग्याएको छैन । प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापतिको साझा उम्मेदवार तय गरेर बैठक बस्ने प्रयास अर्थमन्त्री विष्णु पौडेलले गरिरहेका छन् । आज नै बैठक बसेर तीन जनाको नाम सिफारिस गर्न सकिने संभावना समेत रहेको छ ।

त्यो भन्दा अहिले सिफारिस को गर्ने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच एकमत हुन जरुरी रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स