एमसीसी अन्तर्गतको परियोजना अघि बढ्यो

काठमाडौं । अमेरिकन सहयोग अन्तर्गतको परियोजना अर्थात् मिलेनियम च्यालेन्ज कर्पोरेशनको सहयोगमा संचालन भएको एमसी नेपाल कम्पनीको काम अघि बढेको छ । अमेरिकाले नेपालमा उक्त सहयोग रोक्न सक्ने अनुमान गरेको थियो ।

केहि समयको लागि परियोजना थाँती समेत राखिएको थियो । तर अब भने एमसिए नेपालले आफ्नो काम अघि बढाएको छ । काठमाडौं लप्सीफेदी नाङ्लेभारेको जग्गा प्राप्तीको काम अघि बढाएको हो ।

एमसिए नेपालले कार्यान्वयन गरिरहेको विद्युत् प्रसारण आयोजना अन्तर्गत काठमाडौं जिल्ला भित्र पर्ने विद्युत् प्रसारण लाइनका टावरहरूको जग निर्माण गर्ने प्रयोजनको लागि आवश्यक जग्गा प्राप्त गर्ने कार्य अघि बढाएको जनाएको छ । जग्गा प्राप्त गर्ने सिलसिलामा शङ्खरापुर नगरपालिकाकामा पर्ने जग्गाहरू प्राप्त गर्न कार्य अघि बढाएको जनाएको छ ।

यही सन्दर्भमा ऐनको दफा १३ अनुसार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मिति २०८१ र १२ र २५ मा बसेको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिको प्रथम बैठकबाट प्रारम्भिक कारवाही चलाई जग्गा प्राप्तिको कार्य अगाडि बढाउने निर्णय भएको जानाकारी दिएको हो ।

प्रतिक्रिया

हेडलाइन्स