राजनीतिमा आउने कुलमान घिसिङको संकेत

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिमा आउने संकेत गरेका छन् ।

उनले जिम्मेवार नागरिकको हैसियतबाट कुनै पनि जिम्मेवारी लिन म तयार रहेको भन्दै भविष्यको संकेत गरेका हुन् ।

आज उनले पत्रकार सम्मेलन गरेका थिए । जसमा आगामी दिन राज्यको सेवामा समर्पित हुने बताएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ साउन २५ को निर्णयबाट नियुक्त भएपछि कार्यकारी निर्देशकको रुपमा मैले दोस्रोपटक नेपाल विद्युत प्राधिकरण, यसका उपभोक्ता र समग्र देशको सेवा गर्ने अवसर पाएको र त्यसमा कुशलतापूर्वक निभाएको बताए ।

कानूनको परिधिभित्र रहेर निष्ठाकासाथ दिनरात देश र जनताको सेवामा आफूलाई समर्पित गर्न पाएकोमा मलाई गौरव महशुस भएको समेत बताए ।

उनले भने,‘ मलाई हटाउन २०८१ चैत ११ गते मन्त्रिपरिषद् बैठकको तयारी भइहरेको दिन पनि म मकवानपुरको दुर्गम क्षेत्रमा सिमान्तकृत, विपन्न चेपाङ समुदायको वस्तिमा बत्ति बाल्ने काममा खटिएको थिएँ । नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक पूरा गर्ने क्रममा खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही एवम् अपमानित बनाउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान् । तर नेपाली जनताले दिएको स्नेह र आशिर्वादले मलाई हार्न दिएको छैन ।’

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र विदा भएको हुँ, एक जिम्मेवार नागरिकको रुपमा मेरो काम, कर्तव्य र अभिभारा कहिल्यै कम नहुने बताए ।

प्रतिक्रिया

हेडलाइन्स