काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ अदालत गएका थिए । अदालतमा रिट निवेदन दिएर अन्तरिम आदेश माग पनि गरेको हुन् ।
तर अदालतमा अन्तरिम आदेश दिन मानेन । यस अघि पनि यहि किसिमको मुद्धा दायर भएको र त्यसको छिनोफानो अहिलेसम्म भएको छैन । यसलाई मध्यनजर गर्दै अन्तरिम आदेश दिन मानेन ।
यस अघिको सरकारले पनि हितेन्द्रदेव शाक्यलाई हटाएर घिसिङलाई नियुक्ति दिएको थियो । अहिले पुन घिसिङलाई हटाएर हितेन्द्रदेवलाई सरकारले नियुक्त दिएको हो ।
एउटै प्रकृतिको मुद्धा भएको भन्दै कुलमानलाई अन्तरिम दिन अदालतले अस्विकार गर्यो ।
सर्वसाधारणको ठूलो साथ रहेका कुलमानले सर्वसाधारणसम्म आफ्नो बेदना पुगोस् भनेर आज पत्रकार सम्मेलन गर्दै छन् ।
आज उनले पत्रकारलाई दिल खोलेर आफ्नो वेदना सुनाउने कार्यक्रम रहेको छ । आफुलाई काम गर्न अवरोध गरेको, नम्बर नदिएको, स्वच्छ मनले कामगर्दा गर्दै पनि आरोपहरु लगाइएको विषयमा आफ्नो बेदना पोख्ने कार्यक्रम राखिएको छ ।
इन्द्रेणी कम्प्लेक्समा पत्रकारहरुलाई १ बजेलाई बोलाइएको छ ।