काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले हटाएपछि कुलमान घिसिङले सर्वोच्चमा रिट पेस गरेका छन् । सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट पेस गरेका हुन् ।
अधिवक्ता लोकमणि पोखरेल वारेसमार्फत सर्वोच्चमा रिट पेस अदालतले जानाकारी दिएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारले घिसिङलाई हटाएर हिदेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।