काठमाडौं । बंगलादेशको लागि नेपालको राजदूत घनश्याम भण्डारीले बंगलादेशका परराष्ट्र सल्लाहकार मोहम्मद तौहिद हुसेनसँग भेटघाट गरेका छन् । भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन् ।
मे १६ देखि १८ सम्म हुने सगरमाथा संवादको पहिलो संस्करणमा भाग लिन आरजु राणा देउवाले निमन्त्रणा पत्र पठाएकी थिएन् ।
यस अवसरमा, उनीहरूले दुई देशबीच आर्थिक सहयोग सुदृढ पार्ने दिशामा हालै भएका सकारात्मक विकासहरूको समीक्षा गरे । व्यापार, ऊर्जा कनेक्टिभिटी, जलवायु परिवर्तन, पर्यटन लगायतमा सहयोग अभिवृद्धि गर्ने जारी पहलहरू सहित पारस्परिक हितका विषयहरू बैठकमा समावेश थिए ।
सार्क, बिमस्टेक र बीबीआईएन लगायत क्षेत्रीय र उपक्षेत्रीय ढाँचाहरूबाट पारस्परिक लाभहरू अझ राम्रोसँग प्राप्त गर्न प्रयासहरूलाई तीव्र पार्ने बारेमा पनि छलफल भएको थियो ।