सरकारमा गठबन्धन कायम हुने भएपछि ठूला नियुक्तिको भागबण्डा !

काठमाडौं । केहि समय अघि सरकार तत्काल परिवर्तन हुने संकेत थियो । छिमेकी देश भारतले नै यो सरकार नरुचाइरहेको र गठबन्धमा समेत खटपट रहेको भन्दै सरकार परिवर्तन हुने संकेत देखा परेको चर्चा थियो । तर एक्कासी केहि समय सरकार स्थीर हुने चर्चा भएको छ ।

भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर दुई दिन अघि काठमाडौं आएका थिए । उनी आएर नेपालका उच्च अधिकारीहरु सबैसँग भेट समेत गरेका छन् ।

उनी आए लगत्तै नेताहरुको बोलि समेत फेरिसकेको छ । नेताहरुले सरकार परिवर्तन नहुने स्पष्ट पार्न थालेका छन् ।
मुनु महावर भारत फर्के लगत्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन नहुने बताएका हुन् ।

पेशागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनद्वारा विराटनगरमा आयोजित ‘संविधान संशोधन र चुनौती’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै नेता डा कोइरालाले मुख्यरुपमा संविधान संशोधन, आर्थिक विकास र मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने उद्देश्य पूरा गर्ने समयसम्म सरकार रहने प्रष्ट पारेका ह्ुन् ।

यस भनाईले भारतबाट अहिलेको सरकारलाई राम्रो सन्देश आएको हो । यो सँगै सरकारमा रहेकाहरुले पनि तत्कालको लागि हुने नियुक्तिमा हुने विषयमा भागबण्डा भएको बुझिएको छ । पछिल्लो धितोपत्र बोर्डको नियुक्ति समेत जोडेर भागबण्डा भएको बुझिएको छ ।

अध्यक्ष चयनको लागि आवेदन माग भैसकेको नेपाल बीमा प्राधिकरण केन्द्रमा छ । त्यस्तैगरि रिक्त हुन लागेको नेप्से, नेपाल राष्ट्र बैंकको गर्भनर लगायतको विषय केन्द्रित रहेर भागबण्डाको भएको बुझिएको छ ।

भागबण्डामा नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकको गर्भनर माग गरेको बुझिएको हो ।

भागबण्डालाई अन्तिम रुप भने दिइसकेको छैन । कांग्रेसले यस अघि एमाले निकट मानिएको महाप्रसाद अघिकारी गर्भनर भैसकेको भन्दै यो पटक दावी गरेको हो ।

कांग्रेसले नियुक्तिको विषयमा कुन निकायमा दावी गर्दा राम्रो हुने विषयको छनौट गर्न प्रकाशशरण महतलाई जिम्मेवारी दिएको हो ।

 

 

 

प्रतिक्रिया

हेडलाइन्स