नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने अन्तिम तयारी, सन्तोषनारायण कसको पक्षमा ?

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने अन्तिम तयारी भएको छ । नेपाल धितोपत्र बोर्डले नयाँ आवेदन माग नगरी पुरानै आवेदन सदर गरेर लाइसेन्स दिने तयारी भएको हो ।

हिमालयन स्टक एक्स्चेन्ज, नेशनल स्टक एक्स्सचेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जको नामबाट आवेदन परेको छ ।
धितोपत्र बोर्डमा अध्यक्ष रमेश हमाल रहदानै आवेदन परेको हो ।

अहिले सन्तोष नारायण श्रेष्ठ अध्यक्ष भएर आएपछि उनले काम अघि बढाएका छन् ।

उनी अध्यक्षमा आउँदा नै नयाँ लाइसेन्स दिने कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाएर आएको स्रोतको भनाइ छ ।

त्यसमा पनि हिमालयन स्टक एक्स्चेन्जको संचालनहरुले नै उनलाई सेटिङमा अध्यक्ष बनाएको भन्दै उनी माथि उजुरी नै गरेको छ ।

त्यसकारण पनि उनी आएपनि नयाँ एक्स्चेन्जको कामलाई निकै अघि बढाएको पाइएको हो ।
हुन त तीन वटै कम्पनीका संचालक कम पहुँवाला भने छैनन् ।

हिमालयन स्टक एक्सचेन्जको मुख्य लगानीकर्ताहरू शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट प्रमुख सेयरधनी छन् । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख शतिस मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मिस्सुबिसी कम्पनीको आधिकारिक विक्रेता आशिष श्रेष्ठ, शिवम् सिमेन्टका सञ्चालक तथा सायोमी मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता रोहित गुप्ता, मेरिएट होटलका सञ्चालक शशिकान्त अग्रवाललगायत लगानीकर्ता छन्। उक्त कम्पनीमा विवेक दुगड र राजेन्द्र खेतानले पनि लगानी गरेका छन् ।

नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी छ ।

त्यसैगरी रविजंग लामिछाने पनि यसका सेयर लगानीकर्ता छन्। साथै, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको यसमा मुख्य लगानी छ।

त्यस्तै अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती रहेका छन् ।

सन्तोष नारायण श्रेष्ठ आफैले हिमालयन स्टकको लागि प्रतिवद्धताका साथ नियुक्त भएर आएकोले संभावना यसको नै देखिएको हो ।

धितोपत्र बोर्डबाट हुने नियमकीय कामबाट अर्बौ लाभ उठाउने हिसाब–किताबमा ठूला कर्पोरेट हाउसहरूबीच शक्तिको खुला प्रर्दशन नै देखिएको ले यो ‘ओपन सेक्रेट’ जस्तै बनेको छ । नयाँ स्टक एक्सचेन्जको विषय अध्यक्ष नियुक्ति प्रक्रिया मुख्य एजेण्डा नै हिमालयन स्टकले जितेको थियो । त्यसकोरण यहि कम्पनी अब्बल रुपमा देखिएको हो ।

तर पनि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया कानुन सम्वत नभएको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्धा भने परिसकेको छ । नयाँ स्टकको लाइसेन्स वितरण गर्न कानुनी त्रुटी भएको भन्दै कानुनका विद्यार्थी कृष्ण बहादुर थापाले पुस २३ गते मुद्दा दर्ता गरेका हुन् । दर्ता नम्बर ०८१–धअ–००३५ मा रहेको मुद्धाको अर्को पेशी फागुन २१ गतेका लागि तोकिएको छ ।

माघ ९ गतेका लागि पहिलो पेशी तोकिएमा समय अभावले सुनुवाई हुन सकेको थिए । अब फागुन २१ गतेका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधिश प्रकाशमान सिंह राउत नेतृत्वको इजलासमा रिटमाथि सुनुवाई हुँदैछ । प्रधानन्यायाधिश नेतृत्वको संवैधानिक इजलासमा बरिष्ठतम न्यायाधिशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा मनोजकुमार शर्मा र डा कुमार चुडाल रहेका छन् । तर यस अघि नै साँठगाँठ मिलाउने तयारी छ ।

प्रतिक्रिया

हेडलाइन्स