काठमाडौं । वीरगन्ज उद्योग वाणिज्य संघले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आर्थिक क्षेत्रको सुधारका एजेण्डा बुझाएको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघ को तर्फबाट अर्थमन्त्री पौडेललाई भन्सार, कर, उघारो कानुन , आर्थिक क्षेत्र चलायमान बनाउन लगायत आर्थिक क्षेत्रको सुधारका लागिसुझाव पत्र बुझाएको हो ।
संघका तर्फबाट लिखित सुझाव बुझ्नुहुदै अर्थ मन्त्री पौडेलले एकदमै सान्दर्भिक सुझाव भएको बताए ।
अर्थ र राजस्व सचिवलाई नीतिगत छलफलमा यो सुझाव राख्न निर्देशन दिनु समेत दिए ।
अर्थमन्त्री पौडेलसितको छलफलमा वीरगन्ज उघोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, संघिय सांसदहरु प्रभु हजरा, निर्मला देवकोटा, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, नेकपा एमाले पर्साका सचिव महेश दास लगायत सहभागी थिए ।