काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)को कार्यकारी निर्देशक पद परिपूर्ति अन्तिम चरणमा पुगेको छ । खुल्ला प्रतिस्र्धाबाट नयाँ नियुक्ति गर्न लागिएको हो ।
अन्तरवार्ता र कार्यपत्र प्रस्तुती पछि तीन जनाको नाम सिफरिस भैसकको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सिफरिस हुने तीन जनामा छत्रबहादुर कटुवाल, नवराज सापकोटा र रामप्रसाद पौडेल रहेका छन् । यी तीन मध्ये एकलाई मन्त्रीपरिषद बैठकले नियुक्त गर्ने छ ।