काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याल (डोलप्रसाद) ले पाएका छन् ।
सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि उपसभापति अर्याललाई कार्यवाहक सभापति तोकिएको हो ।
अब यो निर्णय पार्टीका केन्द्रीय समिति, प्रदेश समिति र मातहतका अन्य संगठनहरूलाई जानकारीका लागि पठाइने तयारी रास्वपाले गरेको छ ।
धेरैको आँकलन अर्का उपसभापति स्वर्णिम वाग्लेले कार्यवाहक पाउँछन् भन्ने थियो । तर रवि लामिछानेले उत्तराधिकारीको जिम्मेवारी अर्यातललाई सुम्पिएका छन् ।
अर्यात् रास्वपाको सुरुदेखिका व्यक्ति हुन् भने वाग्लने नेपाली कांग्रेशका रास्वपा प्रवेश गरेका व्यक्ति हुन् ।
रास्वपा आफै नयाँ पार्टी भएपनि वाग्ने उपचुनावको लागि नै रास्वपा प्रवेश गरेका थिए ।
रवि लामिछानेले पनि पार्टीको सुरुको योजनाकारलाई नै आफ्नो उत्तराधिकारी रहेको स्पष्ट देखाएका छन् । आइतबार अभियोगपत्र बुझाउने वित्तिकै उनले जिम्मेवारी नै दिएको पाइएको हो ।