काठमाडौं । गत आर्थिक वर्षको आयकर दालिखा गर्ने समय थप भएको छ ।
आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०–०८१ को आयकर दाखिलाको म्याद थप गरेको हो ।
विभागले निजी क्षेत्रका विभिन्न व्यवसायिक र व्यापारिक छाता संगठनहरु तथा करदाताहरुबाट समेत आय विवरण पेस गर्ने म्याद २०८१ पुस मसान्तसम्म कायम गरिदिन भनी अनुरोध आएकाले म्याद थप गरेको जनाएको छ ।
आयकर ऐनको दफा ९६ मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको ३ महिनाभित्र उक्त वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नुपर्ने व्यवस्था छ ।
सोही ऐनको दफा ९८ मा दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नुपर्ने व्यक्तिको आग्रहमा विभागले एकैपटक वा पटक–पटक गरी बढीमा ३ महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था छ ।