काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।
क्यापिटलको संस्थापक सेयरधनी प्रसिद्ध बहादुर पाण्डेको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।
उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।
सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १८० रुपैयाँ तोकिएको छ।
सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र आफूले लिन चाहेको सेयर कित्ता र सोको रकम समेत खुलाएर निवेदन दिनु पर्नेछ।