काठमाडौं । एनआइएमबि स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) संचालनमा ल्याएको छ । कम्पनीले वैशाख १४ गतेदेखि औपचारिक रुपमा टीएमएस संचालनमा ल्याएको हो ।
सेयर कारोवारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताहरुको लागि उपलब्ध छ ।
नयाँ टीएमएसको सुरुवातसँगै, एनआइएमबि स्टक मार्केट्सले नेपालको पुँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ । यस प्रणाली मार्फत लगानीकर्ताहरुले अनलाइन मार्फत सेयर खरिद/बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने रियल टाइम अर्डर प्लेसमेन्ट एण्ड प्रोटफोलियो ट्रयाकिङ सुविधा तथा मोबाइल उपकरणहरुमा पनि सजिलो पहुँच रहेको छ ।
एनआइएमबि स्टक मार्केट्स, नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोबारको सेवा प्रदान गर्दै आएको छ । ग्राहक केन्द्रित सेवा र प्रविधिको सशक्त प्रयोग मार्फत नेपालको पुँजी बजारको विकासमा महत्वपूर्ण योगदन पु¥याउँदै आएको छ ।