काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को लागि गरेको आवेदन माग गर्दा दरखास्त नपरेको पाइएको छ । कसैले पनि इच्छा नदेखाएपछि पुन आब्हान गरिएको हो ।
साझाले पुस २९ गते सूचना प्रकाशन गरी सीईओ माग गरेको थियो । यसका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन लगायत विषयमा स्नातकोत्तर गरेका ३५ देखि ६३ वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिनसक्ने उल्लेख गरिएको छ ।
आजको सूचना पनि अब पनि २१ दिन तोकिएको छ । यसका लागि उम्मेदवारले विस्तृत कार्ययोजना छुट्टै खाममा सिलबन्दी गरी बुझाउनुपर्ने छ ।