काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति थुनामा पठाउने आदेश भएको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको हो
उच्च अदालत बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई पनि थुनामा पठाउने आदेश दिएको हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको छ ।
यस अघि जिल्ला अदालतले धरौटीमा छाडेको थियो ।
सोही सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीबारे जिल्ला अदालतले ग गरेको आदेश उच्च अदालतबाट सदर भएको छ।