काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ५२ जनाका लागि रोजगारी खुलाएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै ५२ जना कर्मचारी माग गरेको हो ।
जसमा प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) मा ३४ जना, प्रशासनतर्फ सहायक (सहायक द्वितीय) मा १३ जना र प्राविधिकतर्फ सहायक (सूचना प्रविधि)मा ५ जना गरी कुल ५२ जना कर्मचारी माग गरेको हो ।
इच्छुक आवेदकले साउन ३२ गतेदेखि भदौ २० गतेसम्म अनलाइनमार्फत फाराम पेस गर्न सकिने छ । दोब्बर दस्तुर तिरेर भने भदौ २७ गतेसम्म आवेदन फार्म भर्न सकिने छ ।