काठमाडौं । एनआईसी एशिया बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुनेगरि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।
बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.४१ प्रतिशत र व्यक्तिगततर्फ ७.४१ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । यसअघि बैंकले साउनमा संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ३ प्रतिशत, १ वर्षका लागि ३.५० प्रतिशत,१ वर्षदेखि ५ वर्षसम्मका लागि ३.५० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६.४१ प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यस्तै, बैंकले भदौ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ५.२५ प्रतिशत २ महिनादेखि १ वर्ष अवधिका लागि ५.५० प्रतिशत, १ वर्षका लागि ६ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मका लागि ६.२५ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्षसम्मका लागि ६.५० प्रतिशत ५ भन्दा माथिका लागि ७.४१ प्रतिशत ब्याजदर कायम गरेको छ ।